एउटा प्रश्नले बदलिएको प्रशासन कार्यालय


प्रकाशित मिति :2019-02-27 11:20:25

–सिर्जना बस्नेत–

रामेछाप । कार्यालयको मूल गेटमै चमेना गृह ( क्यान्टिन ), त्यसैसँग जोडिएको छ, महिला शौचालय ।

शौचालयको बाहिर ढोकाबाटै देखिने गरी भित्तामा सेतो बाक्सामा लेखिएको छ – ‘महिनावारी हुनुभएको भए निःशुल्क प्याड प्रयोग गर्न सक्नु हुन्छ ’ भुईँको रातो बाल्टिनमा ‘प्रयोग गरिसकेको प्याड राख्ने भाँडा’ लेखेर टाँसिएको छ ।

तस्वीरमा हेर्नुस्,

यो दृष्य जिल्ला प्रशासन कार्यालय रामेछापको हो । तर, महिला शौचालयमा यो दृष्य देखिन थालेको धेरै भने भएको छैन । हिजो मंगलबारदेखि मात्रै शौचालयको दृष्यमा फरक पन आएको हो ।

यो शौचालय मैले झन्डै वर्ष दिनदेखि प्रयोग गर्दै आएको छु । कार्यालयको आँगनमै महिला शौचालय, निरन्तर पानी आउने धारा । तर, कार्यालयमा महिनावारी हुँदा धेरै पटक मैले आपत् भोगेको थिएँ । हुन त महिलाका लागि त्यसलाई आपत ठानिदैन । तर, कार्यालयमा महिनावारी प्याड नहुँदा र आफुले पनि बोक्न बिर्सँदा म र म जस्ता कयौं महिलाले भोग्दै आएको वास्तविकता हो ।

 

महिनावारी प्राकृतिक भए पनि यसबारे सहज बुझाइको विकास अझै भएको छैन । पेट दुख्दा अलि छिट्टै घर जानु प¥यो भनेर कुरा राख्दा बहाना बनाएका भनेर जंगिने हाकिमहरुसँग पनि काम गरेँ । तर, उनीहरुले कहिल्यै सोचेनन् त्यो महिनावारीको चक्र नभई दिएको भए उनी यसरी कार्यलयमा हुँदैन थिए ।

त्यसैले मैले स्वास्थ्य मन्त्रीलाई महिला खबर अनलाइन मार्फत प्रश्न त सोधेकी थिएँ ‘कण्डम निःशुल्क हुँदा प्याड किन भएन मन्त्री ज्यू ?’ भनेर ।

मेरो प्रश्न मन्त्रीज्यूसम्म पुग्यो पुगेन थाहा छैन । तर, रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको ध्यान पुगेको पाएँ ।

उहाँको सकारात्मक प्रयासमा जिल्ला प्रशासन कार्यालयमा महिला सेवाग्राही र महिला कर्मचारीहरुको सहजताको लागि निःशुल्क प्याड व्यवस्थापन सुरु गरिएको छ । सरकारले नै निःशुल्क प्याड वितरण गर्न सके कयाैं किशोरीलाई यौनाङ्गमा हुने संक्रमणबाट बचाउन सकिन्थ्यो होला ।

पैसा नभएकै कारण मैलो र फोहोर टालो योनिबाट बगेको रगत रोक्न प्रयोग गर्नुपर्ने बाध्यता हुने थिएन । अनि ‘सत्तरी रुपैयाँ भए भटमासको आधा लिटर तेल आउँछ’ भन्ने मेरी काकीको पनि प्याडमा पहुँच हुने थियो ।

हुन त मन्त्री ज्यू व्यस्त हुनुहुन्छ । तर, मलाई भने स्वास्थ्य मन्त्रीज्यूको निःशुल्क प्याड पाउने नपाउनेबारे विचार सुन्न मन छ ।

मन्त्री ज्यू, देशका जुझारु किशोरीका प्रश्न ठानेर र्फुसद मिले जवाफ दिनुहोला है । महिनावारीको बेलालाई मध्यनजर गरी सरकारले प्याड व्यवस्थापन गर्नु अपरिहार्य हो भन्ने मलाई लाग्छ ।

सरकारका जिम्मेवार व्यक्तिले चाहेमा यो काम असंभव पनि छैन । प्याडको सवाल महिलाको आवश्यकताको मात्रै विषय होइन । सरोकार निकायका व्यक्ति थौरै मात्र संवेदनशिल हुने हो भने विद्यालय र प्रत्येक कार्यालयमा निःशुल्क प्याड व्यवस्थापन गर्न सकिन्छ ।

यसो हुनसके महिनावारी आउने समयमा प्याड बोकेर हिँड्न बिर्सिए आपत भोग्नु पर्नेछैन । विद्यालयको कक्षा छोड्नुपर्ने छैन, कार्यलयमा काम गर्दा गर्दै प्याड किन्न कुँद्नु गर्दैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: