श्रीमानले गरे श्रीमतीको हत्या


प्रकाशित मिति :2019-02-27 12:10:56

–महिला खबर–

दमक । झापाको मेचीनगर नगरपालिका १५ घर भएकी एक महिलाको श्रीमानले हत्या गरेका छन् । बारम्बार घरेलु हिंसाबाट पीडित ३४ वर्षकी चम्पली राजवंशीको ३५ वर्षका श्रीमान् लखिन्द्र राजवंशीले हत्या गरेका हुन् ।

लखिन्द्रले आज मंगलबार बिहान ६ बजे नै घरायसी झगडाको क्रममा बाँसको भाटाले हानेर चम्पलीलाई लडाएका थिए । बाँसले हान्दा बेहोस बनेकी चम्पलीलाइ फेरी कोदालाले अनुहारमा कयौ पटक प्रहार गरेर हत्या गरिएको स्थानीयले बताएका छन् ।

घटनापछि जम्मा भएका स्थानीय

लखिन्द्रका दुइवटी श्रीमती थिए । हत्या गरिएकी चम्पली जेठी श्रीमती हुन् । स्थानीयका अनुसार चम्पलीले आफूलाई नराम्रो व्यवहार नगर्न श्रीमानलाई अनुरोध गर्दै आएकी थिईन् ।

तर, लखिन्द्रले उनलाई हेला गर्ने गर्थे । मंगलबार चम्पलीले कान्छी श्रीमती सरह अधिकार मागेपछि झगडा भएको एक छिमेकी महिलाले बताइन् । ‘सँधै झगडा हुन्थ्यो र त्यस्तै होला भनेर वास्ता गरिएन, ति महिलाले भनिन् ।

चम्पलीकाे बन्दै गरेकाे घर

प्रहरीका अनुसार छरछिमेकमा सबै नउठ्दै लखिन्द्रले श्रीमतीको हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बाँस र कोदालो प्रयोग गरेर चम्पलीको हत्या गरिएको बताएका छन् ।

‘शुरुमा बाँसको भाँटा र पछि कोदालोको पासाले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, श्रेष्ठले भने । घटनापछि भाग्न खोजेका अभियुक्त राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको जनाएको छ । कान्छी श्रीमती सुनिता भने घटना लगत्तै फरार रहेको प्रहरीले जनाएको छ ।

नयाँ घरमा बस्ने सपना अधुरै

श्रीमान् लखिन्द्रले कान्छी श्रीमती सुनितलाई व्यवस्थित पक्का घर बनाएर राखेका थिए । जेठी श्रीमती चम्पली भने चित्राको घरमा बसेकी थिइन् ।

उनी आफै मजदुरी गरेर घरको पिल्लर भएको नयाँ घर बनाउँदै थिइन् । कान्छी श्रीमती सुनिताको जस्तै आफ्नो घरमा पनि टीन लगाइदिन चम्पलीले श्रीमानसँग अनुरोध गरेकी थिइन् ।

सोही विषयमा विवाद हुँदा लखिन्द्रले चम्पलीको हत्या गरेको स्थानीयले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: