गोदामचौर बलात्कार घटनामा संलग्नलाई १० वर्ष कैद


प्रकाशित मिति :2019-03-01 18:10:35

-महिला खबर-

ललितपुर । जिल्ला अदालत ललितपुरले गोदामचौरमा सामूहिक बलात्कार पछि हत्या प्रयास गर्ने ३ जनालाई १० वर्ष कैद सजाय फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीश धनसिंह महराको एकल इजलासले ३ जनालाई दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाएको हो । ललितपुर गोदावरी १ गोदामचौरकी २२ वर्षीया महिलालाई सामूहिक बलात्कार गर्ने रघु सिलवाल, पवन कुँवर र विशालध्वज कार्कीलाई जनही १० वर्षको कैद सजाय सुनाएको हो।

उनीहरूले पीडितलाई जनही १ लाखका दरले तीन लाख क्षतिपुर्ति भर्नुपर्ने पनि जिल्ला अदालतले फैसला गरेको छ ।

१५ महिनाअघि बलात्कार भएको थियो । घटनाको पर्सिपल्ट बाटोमा बेहोस भेटिएकी थिइन्। उनले प्रहरी र अदालतसमक्ष सिलवाल, कुँवर र कार्कीले नै आफूमाथि बलात्कार गरेको भनि सनाखत गरेकी थिइन्। अदालतले उनले गरेको सनाखत कागज र वकपत्रलाई नै प्रमाण मानेको छ।

सम्बन्धित समाचार 

http://mahilakhabar.com/news/2018/03/04/37997.html

http://mahilakhabar.com/news/2018/03/06/38058.html

http://mahilakhabar.com/news/2018/12/13/47533.html

उनीहरूले बलत्कार गरेकोमा पाँच र सामुहिक बलात्कार गरेकोमा अर्को पाँच गरि १० वर्ष कैद हुने फैसलामा उल्लेख छ।

त्यस्तै बलात्कारपछि हत्या गर्न कोसिस गरेको भन्दै अदालतले ज्यानमार्ने उद्योगमा पनि दोषी ठहर गर्दै उनीहरूलाई जनही १०र१० वर्षको कैद सजाय गरेको छ।

त्यस्तै उनलाई बलात्कार गरेपछि उनको साथबाट ३ हजार रूपैँया चोरेर लगेकाले जबरजस्ती चोरी गरेको ठहर अदालतको छ। जसमा उनीहरू ६० दिन कैद बस्नुपर्ने छ। र चोरी भएको ३ हजार पनि तीनजनाले तीर्नुपर्ने छ। घटना भएको १५ महिनापछि अदालतले दोषीलाई कैद सजाय सुनाएको हो।

धेरै कसुरमा कैद गरेको भएपनि उनीहरू १० वर्षमात्रै जेल बसे पुग्छ। धेरै कसुरमा कैद तोकीएको भएपनि जुनमा धेरै वर्ष कैद छ त्यही मात्र लागु हुने उल्लेख छ।

२०७४ साल मंसिर २ गते माइत गएकी महिला त्यतैबाट अफिस गइ गोदामचौरस्थित घर फर्किँदै गर्दा बलात्कारमा परेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: