प्रहरीसँग विद्यार्थीको एक दिन


प्रकाशित मिति :2019-03-03 11:38:15

-सर्मिला बुढाथोकी-

दोलखा । कालिञ्चोक माध्यामिक विद्यालयका विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय दोलखाको एक दिनको कामको अवलोकन गरेका छन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दोलखाले सुरु गरेको प्रहरीसँग एक दिन कार्यक्रममा उनीहरुले एक दिन  प्रहरीले गर्ने कामको अवलोकन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाले ६५ जना विद्यार्थीसँग छलफल तथा उनीहरुलाई कार्यालयको अवलोकन गराएको थियो ।

जिल्ला प्रहरी कार्यालय चरिकोट पुगेका विद्यार्थीहरुले अपनाउनु पर्ने सुरक्षा सावधानी, ट्राफिक जनचेतना लगायतको विषयमा छलफल गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

सो अवसरमा सहभागी विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल रुम, हिरासत कक्ष, सञ्चार शाखा, महिला बालबालिका सेवा केन्द्र, जिल्ला अदालत र जिल्ला कारागारको अवलोकन गराईएको थियो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयमा रहेको दैवि प्रकोप उद्दार सामग्रीको अवलोकन र त्यसको प्रयोग विधिबारे समेत जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

छलफल तथा अवलोकनको क्रममा विद्यार्थीहरुले प्रहरीको १०० मा आउने फोन र यसको कारबाही प्रकृयाको बारेमा चासो दिएको काफ्लेले बताए । यसअघि सदरमुकाम चरिकोटकै पशुपति कन्या मन्दिर माविका ७२ जना विद्यार्थीहरुले समेत कार्यालयको अवलोकन गरिसकेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: