अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहको उद्घाटन राष्ट्रपतिले गर्ने


प्रकाशित मिति :2019-03-06 14:02:39

–महिला खबर–

ललितपुर । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गर्ने यसवर्षको अन्तर्राष्ट्रिय महिला दिवसको मूल समारोह राष्ट्रपतिले उद्घाटन गर्ने भएकी छन् ।

मन्त्रालयले पत्रकार सम्मेलन गरि मार्च ८ अर्थात् शुक्रबार हुने कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी दिएको हो । शुक्रबार बिहान १० बजे राष्ट्रपतिले उद्घाटन गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्त राजेन्द्रप्रसाद पौडेलले कार्यक्रमको जानकारी गराउँदै मार्च ८ कै दिन बिहान र्यालीको आयोजना गरिएको पनि बताए । उनका अनुसार भृकुटीमण्डपबाट बिहान ७ बजे र्यालीको आयोजना गरिएको छ ।

मन्त्रालयले महिलाहरुको आर्थिक, राजनीतिक तथा सांस्कृतिक अधिकारको विश्वव्यापी आवाज बुंलन्द भएको संस्मरणमा मनाइने उक्त दिवसमा सक्रियताका साथ सहभागी हुन सबैलाई अनुरोध गरेको छ ।

यसवर्षको अन्तर्राष्ट्रिय महिला दिवस ‘लैंगिक समानताका लागि समान सोंच र व्यवहार : समृद्धिको आधार’ भन्ने नाराका साथ मनाईंदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: