–महिला खबर–
हेटौंडा । बलात्कारको आरोपमा मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बारा करैयामाई गाउँपालिका ३, बस्ने २३ वर्षीय जितेन्द्र मुखिया विन र हेटौंडा ११ सिमलटार बस्ने २१ वर्षका बुद्धलाल मोक्तान बलात्कारको अारोपमा पक्राउ परेका हुन् ।
विनले १६ वर्षीया किशोरीलाई हेटौंडा उपमहानगरपालिका ५, स्थित साथीको डेरामा लगी बलात्कार गरेकोे प्रहरीले जनाएको छ ।
यस्तै अर्का अभियुक्त मुक्तानले सुस्त मनस्थिति रहेकी २० वर्षीया महिलालाई आफ्नै घरमा लगी बलात्कार गरेको प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए ।
पक्राउ परेका दुबैलाई मुलुकी फौजदारी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ बमोजिम करणी सम्बन्धी कसुर दाबी गर्दै प्रहरीले जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेको छ ।
Comment Here!