सांसदको प्रश्न, ‘कण्डम निःशुल्क हुँदा प्याड किन भएन सभामुख ज्यू?’


प्रकाशित मिति :2019-03-07 15:13:33

–महिला खबर–

ललितपुर । महिनावारीको समयमा निःशुल्क स्यानिटरी प्याड महिलाहरुले प्रयोग गर्न पाउनेबारे सांसदहरुले पनि आवाज उठाउन थालेका छन् ।

उनीहरुले कण्डम निःशुल्क हुँदा स्यानिटरी प्याड निःशुल्क किन नहुने भन्दै संसदमै प्रश्न उठाउन थालेका हुन् ।

 

बुधबार बसेको संसद बैठकमा सांसद विमला विकले ‘कण्डम निःशुल्क वितरण गर्ने प्रचलन भए पनि प्याड किन निःशुल्क नभएको ?’ भनि प्रश्न गरिन् ।

छाउपडी प्रथा अन्त्यसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा सांसद विकले महिलाहरु महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याड सरकारले नै निःशुल्क वितरण गर्नुपर्ने बताएकी छन् ।

उनले भनिन् ‘म सानो कुरा भन्न चाहन्छु, समाभुखज्यू । हामीले हाम्रो सौचालयहरुमा कण्डमलाई फ्री बनाएका छौं तर, महिला महिनावारी हुँदा प्रयोग हुने कटनका टुक्राहरु अथवा प्याडलाई फ्री गराउन सक्यौं कि सकेनौं ?’

सांसद विकले संघीय संसदकै महिला सौचालयमा पनि प्याडको व्यवस्था नभएको उल्लेख गरिन् । ‘हाम्रो संसदको सौचालय, महिला सौचालय, त्यहाँ प्याडको व्यवस्था छ ? छैन’, उनले भनिन्, ‘हामी महिलाहरु पनि माननीय भएर बसिरहेका छौं । हाम्रो संवेदनशीलता खै ? म प्रश्न गर्न चाहन्छु ।’

सम्बन्धित समाचार

http://mahilakhabar.com/news/2019/02/15/48108.html

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: