‘सी डिसाइडस्’ अभियान सुरु


प्रकाशित मिति :2019-03-07 16:22:17

–महिला खबर

ललितपुर । महिलाले बिना हिचकिचाहट आफ्नो शरीरमाथि निर्णय गर्ने अधिकार पाउनुपर्छ भन्ने अभिप्रायले गरिएको ‘सी डिसाइडस्’ अभियान नेपालमा सुरु भएको छ ।

विभिन्न मूलुकका देशका ४२ जना युवा अभियन्ताहरु सम्मिलित २ दिने कार्यक्रमको आयोजना गरि अभियान थालिएको हो । कार्यक्रमकाे उद्घाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गरेकी थिइन् ।

वियोण्ड बेइजिङ कमिटीले संयोजन गरेको कार्यक्रममा युवालाई मध्यनजर गरि महिलाको शरीरमाथिको निर्णय उनको वैयक्तिक निर्णय हो भन्ने विषय जनमानसमा जागृत गराउने जनाइएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका अगुवा व्यक्तिहरुको सहभागिता थियो । जागौं, आवाज उठाऔं, नियम बदलौं र स्रोत जुटाउँ भन्ने मुख्य उद्देश्यका साथ उक्त अभियान थालिएको वियोण्ड बेइजिङ कमिटीका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले जानकारी दिइन् ।

विश्वव्यापी रुपमा सुरु भइसकेको यो अभियान नेपालमा पनि सुरु हुन लागेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र व्यथा लुकाएर ओठमा

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: