–महिला खबर–
ललितपुर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आज काठमाडौंमा र्यालीको आयोजना गरेको छ ।
आज बिहान भृकुटीमण्डपबाट सुरु भएको र्यालीमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, महिला मन्त्रालयका सचिव तथा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका व्यक्तिहरुको सहभागिता थियो ।
भृकुटीमण्डपबाट सुरु भएको र्याली बागबजार, पद्मोदय मोड, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो ।
उक्त र्यालीपछि सभागृहमा अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहको आयोजना गरिएको छ । उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छिन् ।
यससँगै देशैभर सरकारी तथा गैर सरकारी संस्था राजनीतिक दलका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छन् ।
Comment Here!