मरणासन्न हुनेगरी श्रीमती कुट्ने श्रीमान् पक्राउ


प्रकाशित मिति :2019-03-12 15:16:23

–महिला खबर–

ललितपुर । ओखलढुंगामा श्रीमतीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–१ मलीमा आइतबार राति भुइँमान रुम्जाली राईले श्रीमती निर्मललाई मरणासन्न हुनेगरि कुटेका थिए ।

कुटाइबाट गम्भीर घाइते निर्मलाको ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

घरायसी विवाद भएपछि २७ वर्षीय भुइँमानले श्रीमती २९ वर्षीया निर्मलालाई मराणासन्न हुनेगरी कुटेको ओखलढुंगा प्रहरीले जनाएको छ ।
कुटपिटबाट निर्मलाको शरीभरि चोट लागेको छ । उनको अवस्थो स्थिर रहेको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने भुइँमानलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सोमबार पक्राउ गरेको हो ।

उनीविरुद्ध श्रीमती निर्मलाले किटानी जाहेरी समेत दिइसकेको प्रहरीले जानकारी दिएको छ । घरेलु हिंसामा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको ओखलढुंगाका डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: