छोरी


प्रकाशित मिति :2019-03-13 15:09:52

म चाहन्थेँ
मजस्तै छोरी जन्मियोस्
तिमी पेटमा हुँदा यस्तैयस्तै कल्पना गर्थें
अनि मुस्कुराउँथे आफै, एक्लै ।

विमला तुम्खेवा

साँच्चै तिमी जन्मियौ यो पृथ्वीमा मैले चाहेजस्तै
तिम्रो नाक, आँखा र उज्यालो अनुहार
मेरै प्रतिरूप थियौ
सबभन्दा खुसीको कुरा तिमी छोरी भएर जन्मियौ ।

यसबेला तिमीलाई थाहा छैन
तर,
पछि गएर थाहा पाउँछौ
मैले जस्तै सन्तान जन्माउनेछौ
र,
साँचो अर्थमा प्रेमको अनुभूति गर्न पाउनेछौ
योभन्दा खुसीको कुरा अर्को हुनै सक्दैन
हो,
तिमीले पनि आमा भएर मलाई बोध गर्नेछौ ।

(कवि तुम्खेवाकाे प्रकाशाेन्मुख कविता संग्रह हत्केलामा पृथ्वी लिएर उभिएकाे मान्छेबाट साभार) 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: