‘त्रिविको आंगिक क्याम्पसमा ३३ प्रतिशत महिला प्रमुख बनाउ’


प्रकाशित मिति :2019-03-18 11:38:36

–महिला खबर–

ललितपुर । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये कम्तिमा ३३ प्रतिशत आंगिक क्याम्पसमा महिला प्रमुख हुनुपर्ने प्राज्ञिक क्षेत्रका महिलाहरुले माग गरेका छन् ।

उनीहरुले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका ६१ वटा आंगिक क्याम्पसमध्ये नर्सिङ्ग बाहेकका क्याम्पसमा एक जनापनि महिला प्रमुख नियुक्ति नगरेपछि उनीहरुले आन्दोलन थालेका हुन् ।

पद्मकन्या क्याम्पसकी प्राध्यापक डा. निर्मला उप्रेतीले महिलामात्रै विद्यार्थी रहेको पद्मकन्या क्याम्पसमा पनि त्रिविले महिला प्रमुख नपठाएपछि आन्दोलन गर्न बाध्य भएको बताइन् ।

‘त्रिभुवन विश्वविद्यालय जस्तो प्राज्ञित क्षेत्रले पनि महिलाको क्षमतावामा विश्वास गरेन’ प्रा. डा. उप्रेतीले भनिन्, ‘त्यसैले हामीले कम्तिमा ३३ प्रतिशत महिला सहभागिता माग्न पनि आन्दोलन गर्नुपर्यो ।’

केही समयअघि पद्मकन्या क्याम्पसमा रेनुका जोशी १८ महिना क्याम्पस प्रमुख भएर सेवा निवृत्त भएकी थिइन् । त्यसपछि ३ महिनाको लागि निमित्त भनेर पुरुष क्याम्पस प्रमुख नियुक्ति गरियो ।

महिला प्राध्यापक तथा विद्यार्थीले महिलालाई नै क्याम्पस प्रमुख बनाउन माग गर्दा पनि पुरुषलाई क्याम्पस प्रमुख बनाएर पठाएपछि उनीहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

प्रा. डा. उप्रेतीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँले त्रिभुवन विश्वविद्यालयमा ३३ प्रतिशत महिला सहभागिता लागु गर्न नसकिने बताएपछि आफूहरुले आन्दोलन थाल्नुपरेको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: