उत्कृष्ट उद्यमी महिला सम्मानित


प्रकाशित मिति :2019-03-24 12:26:09

–रुपा गहतराज–

नेपालगञ्ज । नेपालगञ्जमा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी सुरु भएको छ । । महिला उद्यमीलाई प्रोत्साहन गर्नका लागि महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी महिला उद्यमी संघ बाँकेले गरेको हो ।

औपचारिक समारोहकाबीच नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणाले कार्यक्रमको उदघाटन गरे । कार्यक्रममा राणाले महिलाले जस्तोसुकै काम गर्न सक्ने भन्दै उनीहरुको प्रोत्साहन र सहकार्यका लागि आफु सँधै तत्पर रहेको बताए ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले महिलाहरुद्वारा उत्पादित वस्तुहरुको बजारीकरण, सहुलियत दरमा ऋण प्रदान तथा साना उद्योग प्रवद्र्धनको लागि तीनै तहका सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताइन् । व्यवसायको प्रवद्र्धनको लागि बजारको सम्भावना पनि खोजी हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बाँके जिल्लाका उत्कृष्ट महिला उद्यमीहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा मनकामना टायल, स्टोन तथा झ्याल ढोका उद्योगका मिना गौडेल, लुम्बिनी गारमेन्टका काली मिया, पंचशिल हस्तकला केन्द्रका निरु चौधरी र अगुवा महिला उद्यमी आशा सार्की छन् ।

जिल्लामा रहेका स्थानीय महिला उद्यमीहरुको सहभागिता रहने मेला आगामी चैत १२ गतेसम्म वागेश्वरी मन्दिर परिसर चिल्ड्रेन पार्कमा चल्ने आयोजकले जनाएको छ ।

मेलामा महिलाले सञ्चालन गरेका उद्योगबाट उत्पादित वस्तु, खानाका परिकार, हस्तकला सामाग्री, कृषि उत्पादन लगायतलाई प्रर्दशनमा राखिएको छ ।

उक्त मेलामा महिलाहरुले आफै उत्पादन गरेका ४० वटा स्थल रहने आयोजकले जनाएको छ । मेलामा ५ लाख बढी खर्च हुने अनुमान आयोजकले गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: