लैंगिक हिंसा घटाउन मोबाईल पत्रकारिता तालिम


प्रकाशित मिति :2019-03-27 17:23:28

–तुलसी प्रसाद कोईराला–

उदयपुर । त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले पत्रकार महिलाको क्षमता बृद्धिको लागि स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउने बताएका छन् ।

सञ्चारिका समूहले उदयपुरको सदरमुकाम गाईघाटमा आयोजना लैङ्गिक हिंसा न्यूनीकरणका लागि मोबाईल पत्रकारिकता तालिमको उद्घाटन गर्दै मेयर चौधरीले उक्त कुरा बताएका हुन् ।

पत्रकारितामा महिलाहरुको सहभागिताको बढाउन आगामी वर्षको बजेटमा त्रियुगा नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने उनले प्रतिवद्धता पनि जनाए ।

उनले थपे, ‘राजनीति र प्रविधी दुबैमा धेरै परिवर्तन आएकोले पत्रकारिताले पनि त्यही अनुसार आफूलाई विकसित गर्नुपर्ने छ ।’ मेयर चौधरीले लैङ्गिक हिंसा न्युनिकरणको लागि संचार माध्यम र संचारकर्मीको भूमिका महत्वपूर्ण हुने भएकोले तालिमपछि लैङ्गिक हिंसाको रिपोर्टिङमा सुधार आउने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख गंगा राईले पत्रकारितामा महिलालाई टिकाई राख्न मोबाईल पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

सोही कार्यक्रममा सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले मोवाईल पत्रकारिता नयाँ तालिम भएको भन्दै प्रदेश नम्बर १ बाट नै तालिम सुरु थालिएको बताइन् । उनले समूहले सकेसम्म सातै प्रदेशका पत्रकारलाई लैंगिक हिंसा घटाउन पत्रकारिताबाट सहयोग हुने गरि प्रविधिमैत्री तालिम दिने योजना बनाएको पनि बताएकी थिइन् ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश नं १ का सचिव हरिकुमार राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, यूएनएफपीएका प्रतिनिधी चन्द्र ज्ञावालीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उदयपुर सदरमुकाम गाईघाटमा सुरु भएको तालिम तिन दिनसम्म संचालन हुने जनाइएको छ । उदयपुर, ओखलढुंगा र सिन्धुलीका २० जना पत्रकारहरुको सहभागिता भएको तालिम शुक्रबारसम्म चल्ने आयोजकले जनाएको छ । स्वीस सरकार र यूएनएफपीएको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएकाे हाे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: