सञ्चारिकाकी सदस्य बस्याल केन्द्रीय बारमा महिला उपाध्यक्षको उम्मेदवार


प्रकाशित मिति :2019-03-27 17:48:27

–महिला खबर–

ललितपुर । सञ्चारिका समूहकी साधारण सदस्य रक्षा बस्यालले नेपाल बार एशोसियसनको केन्द्रीय कार्यसमितिको महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन् ।

पत्रकार तथा लेखकको रुपमा पनि परिचय बनाएकी बस्याल १८ वर्षदेखि कानून व्यवसायमा संलग्न छिन् ।

नेपाल बार  एशोसियसनका आउँदो आउँदो शनिबार चैत १६ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनबाट आउने केन्द्रीय कार्यसमितिको महिला उपाध्यक्ष पदमा उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।

बस्यालले मानवअधिकार तथा लैंगिक न्याय विषयमा एलएलएम र समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । उनले आफ्नो उम्मेदवारी लैंगिक न्याय, महिला अधिकार तथा न्यायमा समान पहुँच पुर्याउन दिएको बताइन् ।

साथै बारको केन्द्रीय महिला उपाध्यक्ष पदमा निर्वाचित भएपछि कानूनी क्षेत्रमा महिलाको उपस्थिती बढाउन आफूले पहल गर्ने उनले जनाएकी छिन् ।

नेपाल बार एशोसियसनको केन्द्रीय कार्यसमिति प्रत्यक्ष निर्वाचन पद्धतीबाट निर्वाचित हुन्छन् । देशभरका विभिन्न ३५ बुथबाट बार एशोसियसनको सदस्य रहेका १० हजार ६ सय ८६ जना कानून व्यवसायी मतदाताले गरेको मतदानबाट नयाँ कार्यसमिति निर्वाचित हुने प्रावधान रहेको पनि बस्यालले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: