रोग होइन अटिजम


प्रकाशित मिति :2019-04-02 15:51:18

–महिला खबर–

ललितपुर । विशेष स्कूल तथा पुर्नस्थापना केन्द्र पेप्सीकोलाले विश्व अटिजम सचेतना एवं अभिभावक दिवस विशेष कार्यक्रम गरि मनाएको छ ।

अटिजम भएका बालबालिकाको हेरचाह, उपचार र अध्ययनको लागि काम गरिरहेको उक्त संस्थाले आज परेको विश्व अटिजम दिवसमा विशेष कार्यक्रम गरेको हो ।

बालबालिकामा जन्मजात हुने अटिजमबारे जनचेतना तथा सचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रम गरेको संस्थाकी अध्यक्ष सविता उप्रेतीले जानकारी दिइन् ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्या मध्ये एक प्रतिशतमा अटिजम हुने गर्छ । त्यही आधारमा हेर्दा नेपालमा तीन लाखको हाराहारीमा अटिजम भएका व्यक्तिहरु रहेको अनुमान रहेको उप्रेतीले जानकारी दिइन् ।

करिब दश वर्षदेखि अटिजम केयर तथा सचेतनामा सक्रिय सविताका अनुसार अटिजम आफैमा रोग होइन । गर्भावस्थामा नै शिशुको विकासका क्रममा नशा र तन्तुको विकासका क्रममा सन्तुलन नहुँदा न्यूरोन छुट्न गइ यस्तो अवस्थाका बालबालिका जन्मिने गर्छन् ।

यो अवस्थाका बालबालिकालाई उपचार गरेर निको बनाउन सकिँदैन । तर उनीहरुमा सञ्चार सीप, सामाजिकीकरण तथा नियमित गर्नुपर्ने कामहरु दोहोर्याउने सीपको विकास भने गराउन सकिन्छ । त्यसको लागि अभिभावकले विशेष हेरविचार र यसबारे जानकारी राख्न जरुरी रहेको उनको भनाइ छ ।

मंगलबार भएको विशेष कार्यक्रममा नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रमुख अतिथि थिए । सो अवसरमा नेपाली सेनाका महासेनान िमनोज बैदार, वरिष्ठ पत्रकार सुमन खरेल, गायक प्रमोद खरेल लगायतको सहभागिता थियो ।

सो अवसरमा संस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मानको साथै अटिजम भएका बालबालिकाले आफ्नो विशेष प्रस्तुती देखाएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: