छोरीलाई ४ वर्षदेखि यौन शोषण गरेको आरोपमा बाबु पक्राउ


प्रकाशित मिति :2019-04-03 12:53:33

-महिला खबर-

मकवानपुर । आफ्नै छोरीलाई याैन शाेषण गरेको आरोपमा हेटौंडा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाका ४७ वर्षका एक बाबुले आफ्नी १७ वर्षकी छोरीलाई याैन शाेषण गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफुमाथि ४ वर्षदेखि लगातार यौन शोषण गरिरहेको छोरीले बताएपछि प्रहरीले बुवालाई पक्राउ गरेको हो । उनलाई १४ दिन म्याद थपगरी अनुसान्धान प्रकृया अघि बढाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए ।

बाबुले लगातार यौन शोषण गरेपछि उनी घर छोडेर भाग्ने क्रममा चितवनको एक संस्थाले फेला पारी मकवानपुरको माइती नेपालको जिम्मा लगाएको थियो ।

मइती नेपाल मकवानपुरका संयोजक माया लामाले भारत रहँदा पीडित बालिकाको आमाले अन्यत्र विवाह गरेर गएपछि उनलाई नेपाल ल्याइएको र बुवाले सानै उमेरबाट यौन शोषण गर्ने गरेपछि पीडित किशोरी घर छोडेर भागेको अवस्थामा चिववनबाट मकवानपुर ल्याइएको बताइन् ।

कक्षा ९ मा पढ्ने उनको बुवाकै कारण पढाइ पनि बिग्रिएको जनाएकी छिन् । उनले बुबाले दोस्रो विवाह गरेपछि एकातिर घरको तनाव र बुबाले यौन शोष गरेको प्रहरीसँग बताएकी छिन् ।

त्यस्तै प्रहरीले मंगलबार हेटौंडाको एक होटलबाट बलात्कारको आरोपमा एक युवालाई पक्राउ गरेको छ । हेटौंडा १० स्थित होटलबाट नाबालिकालाई त्रास देखाई करणी गरको आरोपमा थाहा नगरपालिका ६ का राजु बस्नेत पक्राउ परेका हुन् ।

उनले बालिकालाई त्रास देखाएर होटलमा पुर्याइ करणी गरेको प्रहरीले जनाएको छ ।

१८ वर्षभन्दा कम उमेरकी बालिकालाई होटलको कोठासम्म पु¥याएको आरोपमा बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । होटलबाट उम्केर आएकी उनले प्रहरीमा खबर गरेपछि प्रहरीले बस्नेतलाई खोजी गरी पक्राउ गरेको हो । बस्नेत यसअघि बलात्कार अभियोगमै जेल चलान भै छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: