महिलाको डिम्बाशयमा चार केजीको ट्यूमर


प्रकाशित मिति :2019-04-05 15:55:11

–विष्णुप्रसाद पोखरेल–

दमक । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक अपाङ्गता भएकी महिलाको डिम्बाशयमा रहेको ४ केजी तौलको ट्युमर निकालिएको अस्पतालले जनाएको छ ।

बोल्न नसक्ने पाँचथरको मिक्लाजुङ ४ की सानीमाया मुखियाको डिम्बाशयमा रहेको ट्यूमर बढ्दै गएपछि यो अवस्था आएको उपचारमा संलग्न महिला रोग विशेषज्ञ डा. सीता राईले बताइन् ।

बिरामीका आफन्तले बताएअनुसार खान अरुची हुने, दुख्ने, लगायतका समस्याहरु सांकेतिक रुपमा बताउन थालेपछि जाँच गर्दा ट्युमर रहेको पाइएको थियो । उनको पेट पनि फुलेको थियो ।

सानो ट्यूमरहरु औषधि खाएर पनि जाने भएपनि ठुलो भएपछि शल्यक्रियाको विकल्प नहुने गरेको डा. राईले बताइन् । यो बढीमात्रामा २५ देखि ५० वर्ष उमेर समूहका महिलामा हुने उनले जनाइन् ।

शल्यक्रिया गरेर निकालिएकाे ट्यूमर

अस्पतालको अनुसार मुखियाको स्वास्थ्य अवस्था सामान्य छ । ट्यूमर निकालेपछि बिरामीले निक्कै खुसी भएर आउनेहरुलाई सांकेतिक रुपमा आफ्नो भनाइ राख्ने गरेको जनाईएको छ ।

लाइफलाइन अस्पतालका प्रशासक सिम्रिक गिरीका अनुसार डा. सीता राई, डा. राजेश्वरप्रसाद शाह र डा. विकास सुवेदी सहितको टोलीले मुखियाको ट्यूमरको शल्यक्रिया गरेको थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: