६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ


प्रकाशित मिति :2019-04-16 15:35:00

–महिला खबर–

ललितपुर । झापाको बिर्तामोडमा ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप एक व्यक्ति पक्राउ परेका छन् ।

झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन दुर्व्यवहार गरेको उजुरी आफन्तले गरेपछि झापा प्रहरीले ४० वर्षका ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख (डिएसपी) सुवास खड्काका अनुसार बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको व्यक्तिलाई सोमबार राती नै नियन्त्रणमा लिइएको हो ।

पसल सञ्चालकले सोमबार दिउँसो खाजा खान थुक्पाको लागि अजिना र हाजमोला किन्न गएकी ६ वर्षीया बालिकालाई चुइगम दिएर फकाउँदै योनाङ्गमा हात हालेको पीडित बालिकाको परिवारले बताएका छन् ।

सोमबार दिउँसो पसल पुगेकी बालिकालाई दुईवटा चुईगम दिँदै हात समातेर भित्र लगी काखमा राखेर योनाङ्गभित्र औला हालेको बालिकाले राती सुत्ने समयमा उनकी आमालाई बताएपछि पीडितले खबर गरेका प्रहरीले जनाएको छ ।

बालिकालाई सोमबार राति नै नजिकै रहेको मनमोहन अस्पतालमा उपचारका लागि लगिएको थियो । बालिकाको स्वास्थ्य अवस्था अहिले सामन्य रहेको चिकित्सकले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: