एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार


प्रकाशित मिति :2019-04-19 14:04:25

–महिला खबर–

ललितपुर । एक्सन वर्क्स नेपालले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै दुईजनालाई पुरस्कृत गरेको छ ।

एक्सन वर्क्सले अछामकी मथुरा कुँवर र जुम्लाका सरोज शाहीलाई पुरस्कृत गरेको हो । शुक्रबार भएको पुरस्कार वितरण कार्यक्रममा उनीहरुलाई जनही पाँच हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।

अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज परिवर्तन गराउन सफल महिला हुन् । उनको विवाह ११ वर्षमा भएको थियो भने ३५ वर्षमा विधवा भएकी थिइन् । उनी अहिलेसम्म पनि सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल छिन् ।

जुम्लाका शाहीले भने कर्णालीमा खेल तथा शिक्षा क्षेत्रमा सुधार गर्न पहल गरेका छन् । उनले कर्णालीका विभिन्न विद्यालयलाई कम्प्युटर लाइब्रेरी तथा पुस्तक, शैक्षिक सामग्री वितरणमा सहयोग गरेका छन् ।

उनीहरु दुबैलाई एक्सन वक्र्सकी संस्थापक तथा अभियन्ता राधा पौडेलको पुस्तक खलंगामा हमलाले पाएको मदन पुरस्कारको राशीबाट स्थापित मितेरी गंगादेवी शान्ति पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार वितरण कार्यक्रममा सांसद तथा नेकपाको संसदीय दलको सचेतक शान्ता चौधरी र राधा पौडेलका बुबा देवीप्रसाद पौडेलले पुरस्कार वितरण गरेका थिए ।

सोही कार्यक्रममा शिक्षा क्षेत्र मार्फत सामाजिक क्षेत्रको परिवर्तनमा क्रियाशिल के एण्ड के इन्टरनेशनल कलेज र उज्वलतारा विद्यालयलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा पुरस्कृत हुनेहरुले आ–आफ्नो संघर्षका कुरा सुनाएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: