–महिला खबर–
ललितपुर । अछामकी मथुरा कुँवर एचआइभी संक्रमित हुन् । ६० वर्ष नाघिसकेकी उनको ११ वर्षको उमेरमा विवाह भएको थियो । ४ सन्तानको आमा मथुरा ३५ वर्षको उमेरमा विधवा भइन् ।
भारतमा काम गर्न गएका उनका श्रीमानबाट मथुरामा एचआइभी जीवाणु सरेको थियो । श्रीमानको मृत्युपछि त्यतिबेलाको समयमा उनको श्रीमानको शव उठाउन समेत समाजका व्यक्तिहरु तयार भएनन् । उनले डोकोमा भएपनि बोकेर लैजान्छु भनेपछि बल्ल समाजका व्यक्तिहरुले शव उठाइदिए ।
श्रीमानको मृत्युपछि पानी पँधेरो, जंगलमा घाँस दाउरा गर्न जाँदा समेत एचआइभी संक्रमितले छोएको पानीमा एचआइभी हुन्छ भन्ने लान्छना सहिन् ।
एचआइभी भएकै कारण चरम सामाजिक अपहेलना हुन थालेपछि उनले आत्मविश्वासले समाजको चेत फर्काउन सफल भइन् । समाजका हरेक सदस्यलाई जुटाएर आफूबारे र एचआइभीबारे जानकारी दिँदै अन्ततः त्यही समाजको अगुवा समेत भइन् ।
उनै आत्मविश्वासी मथुराको भोगाइ हामीले भिडियोमा कैद गरेका छौं । हेर्नुहोस् जस्ताको तस्तै :
Comment Here!