रिनाको हत्यारा पत्ता लगाउन प्रहरीलाई स्थानीयको दबाब


प्रकाशित मिति :2019-04-23 12:31:31

–विष्णुप्रसाद पोखरेल–

दमक । पथरी शनिश्चरे त्रिवेणी चोक साझा लाइनमा शनिबार मृत अवस्थामा भेटिएकी रिना बस्नेतको हत्या भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

शनिबार बिहान २९ वर्षकी रिना शरीरमा कपडा नभएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको हत्या भएको भन्दै स्थानीयले हत्यारा खोज्न दबाब भन्दै शनिबारदेखि नै आन्दोलन गर्दै आएका छन् ।

शनिबारदेखि आन्दोलनमा उत्रेका स्थानीयहरुले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै इलाका प्रहरी कार्यालय पथरी घेराउ गरे । त्यसपछि नगरपालिका कार्यालयमा तालबन्दी गरेपनि केहि बेरमा नै प्रहरीले ताला फुटाएको छ ।

आज मगलवार बिहानैदेखि सयौं महिलाहरु नगरपालिका र सडकमा आएका छन् । उनीहरुले पुर्व पश्चिम राजमार्ग समेत बन्द गराएका छन् । घटनाको विषयमा चासो नदिएको भन्दै उद्योग वाणिज्इ संघ पथरीमा पनि स्थानीयहरुले ताला लगाएका छन् ।

पथरीमा एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी सञ्चालक बस्नेत शुक्रबार राती अबेरसम्म कन्सर्ट हेरेर घर फर्किएको अनुसन्धानबाट खुलेको प्रहरी श्रोतको भनाइ छ ।

राती कन्सर्ट हेरेर १४ वर्षका छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी थिइन् । तर, बिहान शरीरमा कुनै लुगा नै नभएको अवस्थामा घोप्टो परेको शव स्थानीयले देखेपछि तत्कालै प्रहरीले खबर भएको थियो । उनको टाउकोमा पनि चोट लागेको स्थानीयले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: