–महिला खबर–
ललितपुर । गएको चैत महिनामा सार्वजनिक भएका लैंगिक हिंसाका घटनामध्ये सबैभन्दा बढी महिलामाथि घरेलु हिंसा हुने गरेको पाइएको छ । ओरेकले सञ्चार माध्यममा प्रकाशित भएका घटनाहरुको तथ्याङ्क विश्लेषण गर्दा यस्ता पाइएको जनाएको छ ।
जसअनुसार गएको चैतमा लैंगिक हिंसाका घटनामध्ये ६५ वटा अर्थात् ५५ प्रतिशत घटना घरेलु हिंसाको रहेको पाइएको छ । जसमा घरेलु हिंसा गर्नेमा ५६ जना श्रीमान् र ९ जना परिवारका अन्य सदस्यहरु रहेका छन् ।
ओरेकका कार्यकारी निर्देशन लुभराज न्यौपानेका अनुसार घरेलु हिंसाका घटनामध्ये १४ जना श्रीमान् र १ जना परिवारका सदस्यबाटबाट शारिरिक हिंसा, ८ जना श्रीमान् र ६ जना परिवारका सदस्यबाट मानसिक हिंसा गरेको पाइएको छ ।
घरेलु हिंसापछि बलात्कारको घटना रहेको पाइएको जनाइएकोे छ । ओरेकका अनुसार २९ जना पुरुषहरुद्वारा भएका यौन हिंसाका घटना (२४ प्रतिशत) मा २० जना महिलामाथि बलात्कार भएको छ । भने एकजनाको बलात्कारपछि हत्या गरिएको छ । ५ जनाबाट बलात्कारको प्रयास, र ४ जनाबाट यौन दुव्र्यवहार भएको छ ।
२० बलात्कारका घटनामध्ये १४ जना १८ वर्षमूनिकाबालिका रहेका छन् । यौन हिंसा गर्नेमा १६ जना छिमेकी, ४ जना परिवारका सदस्य, ४ जना शिक्षक, २ जना महिलाले आत्मिय ठानेका पुरुष, १ जना साथी, १ जना श्रीमान् र १ जना कुनै पनि सम्बन्धन भएका अन्जान पुरुष रहेको जनाइएको छ ।
यस्तैगरी १० वटा बालविवाह, ६ जनाको हत्या, परिवारको स्रोत अनुसार लैङ्गिक विभेदका कारण ४ जनाले आत्महत्या गरेको, १ जना महिला बेचबिखनमा परेको र ३ जना महिलालाई अनलाईनमार्फत हिंसा भएको तथ्याङ्कक पाइएको ओरेकले जनाएको छ ।
Comment Here!