दोलखामा एकैदिन रोकियो दुई वटा बालविवाह


प्रकाशित मिति :2019-05-02 10:16:17

-सर्मिला बुढाथोकी-

दोलखा । दोलखा प्रहरीको सक्रियतामा बुधवार एकैदिन दुई वटा बालविवाह रोकिएको छ ।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ मलेपुमा १७ वर्षीया बालिकासँग २२ वर्षको युवकको विवाह हुन लागेको थियो । उक्त जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिंगटीबाट गएको प्रहरी टोलिले त्यसलाई रोकेको प्रहरी निरीक्षक सुञ्न्जित तमाङले बताए ।

लामिडाँडा गाउँका ति युवकसँग १७ वर्षीया बालिकाको विवाह रद्द भएपछि बुधबार नै केटा पक्ष र केटीपक्षको सहमतिमा युवकको विवाह २० वर्ष उमेर पुगेकी बालिकाको दिदीसँग गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी बुधबार नै मेलुङ गाउँपालिका वडा नम्बर १ मा १५ वर्षको बालक र १६ वर्षकी बालिकाबीच हुन लागेको विवाह पनि प्रहरीले रोकेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले उमेर नपुगी विवाह हुन लागेको जानकारी पाएपछि प्रहरीले रोकेको जानकारी दिए ।

मुलुकी अपराध संहिता ऐनको दफा १७३ मा बीस वर्ष उमेर नपुगी विवाह गरेको विवाह स्वत बदर हुने र कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्मको कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: