दमक नगरपालिकाले ल्यायाे सासू–बुहारी मेलमिलाप कार्यक्रम


प्रकाशित मिति :2019-05-05 15:17:50

–विष्णुप्रसाद पोखरेल–

दमक । ‘बृद्धाश्रम बनाउने होइन घर मिलाउनेमा लागौं’ भन्ने मूल नाराका साथ झापाको दमक नगरपालिकाले सासू–बुहारी मेलमिलाप कार्यक्रम ल्याएको छ । कार्यक्रमको मुख्य उद्देश्य पारिवारिक मेलमिलाप तथा सासू–बुहारीको सम्बन्धलाई आमा–छोरीको रुपमा स्थापित गराउनु रहेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् ।

नगरपालिकाको न्यायीक समितिकी संयोजक समेत रहेकी अधिकारीका अनुसार न्यायीक समितिमा सासू–बुहारीका बेमेल सम्बन्धिका धेरै उजुरीहरु आएको र सामान्य अवस्थामा समेत ठुलो खटपट देखिएकाले यो कार्यक्रम महसुस गरिएको हो ।

‘घरबाट निस्कँदा सोधखोज नगरेको भनेर समेत विवाद बढेपछि परिवार नै छुट्टिएर बस्ने अवस्था भेटेका छौ, अधिकारीले भनिन् । अहिलेसम्म घरहरुमा हुने गरेको विवादको कारण नखोज्ने र मिलाउने भन्दा पनि बृद्धाश्रम खोल्नेतिर सोच जान थालेकाले बृद्धाश्रमको सट्टा मिलाप कार्यक्रम शुरु गरिएको पनि अधिकारीले बताइन् ।

प्रत्येक वडा, टोल हुँदै घरघरसम्म पुगेर सासू–बुहारीहरुका एकअर्काका कुरा सुन्ने अभियान शुरु गरिएको अधिकारीको भनाइ छ । परिवार विखण्डनमा महिलाहरुलाई दोष दिने गरिएको र त्यसमा पुरुषहरुको समेत ठुलो भूमिका हुने भएकाले यस विषयमा रहेको भ्रम समेत यस कार्यक्रमले चिर्ने पनि बताइएको छ ।

उजुरी परेपछि घरमा गएर बुझ्दा झिनोमसिनो कुराले समेत परिवार विखण्डन हुने अवस्था भटियो यो राम्रो होइन, अधिकारी भन्छिन् ।

आमा, छोरा र बुहारीलाइ नै एकै ठाँउमा ल्याएर परिवारिक सम्बन्ध प्रगाढ बनाउने तथा एकअर्कामा राम्रो सम्बन्ध स्थापित गर्ने विषयमा तालिम तथा परामर्श प्रदान गर्ने कार्यक्रमको उदेश्य हो, नगरपालिका महिला शाखाकी फोकल पर्सन सरिता भण्डारीले बताएकी छन् ।

यस कार्यक्रम अन्र्तगत नै घरेलु हिंसा तथा महिला हिंसाको विषयमा कानूनी परामर्श समेत दिइने योजना रहेको पनि भण्डारीले जनाइन् ।

यसले आधारभूत कानूनी साक्षरता समेत बढ्ने आफुहरुको अपेक्षा रहेको उनको भनाइ छ । नगर कार्यपालिका सदस्य भक्ता दाहालले सासू–बुहारीबीच राम्रो सम्बन्ध राख्ने र समाजलाई राम्रो सन्देश दिनेहरुको खोजी गरेर सार्वजनिक रुपमा सम्मान गरिने जनजकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: