ओखलढुंगा
ओखलढुंगाको लिखु गाउँपालिकाका वडा सदस्य युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् । लिखु गाउँपालिका वडा नं. ३ का वडा सदस्य विष्णु श्रेष्ठ युवती बलात्कार आरोपमा पक्राउ परेका हुन् ।
लामो समय देखी फरार रहेका श्रेष्ठलाई सोमबार ओखलढुंगा सदरमुकाम बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजिब श्रेष्ठले जानकारी दिए । प्रहरीमा वडा सदस्य श्रेष्ठले उनकै ईट्टा कारखानामा काम गर्ने एक स्थानिय युवतीलाई बलात्कार गरेको आरोप लागेको छ ।
कार्य क्षेत्रमै गत चैत ७ गते बलात्कार गरेको भनी पीडित युवतीले ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । लामो समय सम्म घरपरिवार बाट समेत सम्पर्क विहिन भएका आरोपीत श्रेष्ठलाई उनका छोराले युवतीले दिएको जाहेरीका बारेमा छलफल गराउन जिल्ला प्रहरी कार्यालमै आउदै गर्दा प्रहरीले नियान्त्रण गरेको उनका छोराले बताएका छन् ।
घटना सार्वजनिक भए देखिनै श्रेष्ठ आफुले प्रयोग गर्ने फोन समेत स्वीच अफ गरी सम्पर्क बिहिन भएका थिए । पीडितको उजुरी आएपछि प्रहरीले उनको खोजी गरिरेहेको थियो । आरोपित श्रेष्ठलाई पक्राउ गरि घटनाका विषयमा थप अध्ययन अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Comment Here!