अपाङ्ता भएकी ७५ वर्षकी वृद्धा बलात्कृत


प्रकाशित मिति :2019-05-20 15:37:40

विष्णु पोखरेल/महिला खबर

दमक । झापाको दमकमा मागिखाँदै हिँड्ने एक अशक्त एवं अपाङ्ता भएकी वृद्धा बलात्कृत भएकी छन् । बलात्कृत वृद्धाको झापाको दमकस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

अन्दाजी ७५ वर्षीया वृद्धा बलात्कृत भएको सूचना पाउनासाथ आफुहरु घटनास्थलमा गएर बलात्कार आरोपितलाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाका अनुसार दमक ५ का ३५ वर्षीय राजेन्द्र गुरुङलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ ।

सेफ हाउसमा वृद्धाको अवस्था बुझेर अस्पतालमा ल्याउने तयारी गरिदै ।

बलात्कृत वृद्धालाई भने भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात सेफ हाउसमा लगिएको उनले जानकारी दिए ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको निर्देशनमा वृद्धालाइ दमक अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताईएको छ । शरीरभरी नीलडाम र मुखमा रक्ताम्मे भएको अवस्थामा उद्धार गरिएकाले वृद्धामा दुखाई भएको हुनसक्ने भन्दै अस्पतालमै राख्न आफूले निर्देशन दिएको अधिकारीले बताइन् ।

वृद्धाका आफन्त कोही नभेटिएकाले ग्रामीण तथा शहरी विकास नेपालले नै आरोपितविरुद्ध जाहेरी दिएको जनाईएको छ । प्रहरीका अनुसार आरोपितलाई मुद्धा दर्ता गरेर कार्वाही प्रक्रिया अघि बढाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: