निर्मलाकी आमाले राहत बुझिन्


प्रकाशित मिति :2019-05-23 11:28:12

–महिला खबर–

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छन् । प्राप्त रकम उनले दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी न् ।

तीनै तहका सरकारले निर्मलाको परिवारलाई राहत घोषणा गरेको थियो । जसमा (स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख) गरी १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए ।

भीमदत्त नगरपालिकाको उल्टाखामकी बालिका पन्त २०७५ साउन १० गते साथीको घरबाट हराएको भोलीपल्ट स्थानीय उखुबारीमा मृत फेला परेकी थिइन् ।

विगतमा निर्मलाका हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान उनको परिवारले राख्दै आएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: