हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा


प्रकाशित मिति :2019-05-24 14:07:15

–महिला खबर–

काठमाडौं । हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका दुई नेपाली एकल महिलाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङकी निमा डोमा शेर्पा र फुरदिकी शेर्पा हिजो जेठ ९ गते बिहान ५ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

हिमाल चढ्ने क्रममै श्रीमान् गुमाएपछि श्रीमानको सपना पुरा गर्न र एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोण सकारात्मक बनोस् भन्ने सन्देश दिन सगरमाथा आरोहण गर्ने सोच बनाएको उनीहरुले बताउँदै आएका छन् ।

उनीहरुले अभियानको नाम नै ‘हामी पनि गर्न सक्छौं’ राखेका छन् ।

श्रीमान गुमाएपछि बाँच्नकै लागि भारी बोकेर हिमालतिर दौडिरहेका फुरदिकी र निमाले अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: