प्रदेश प्रमुख कोइरालाले महिलालाई भनिन्, ‘आफूलाई माया गर्नुस्’


काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा ‘जीवन बचाउ अभियान’ सुरु

प्रकाशित मिति :2019-05-26 12:31:49

–महिला खबर–

काठमाडौं । प्रदेश नम्बर ३ का प्रमुख अनुराधा कोइरालाले महिलाले महिलाहरुले आफूलाई माया नगर्दा स्वास्थ्य समस्या झेल्ने गरेको बताएकी छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं–४ मा महिलामा हुने स्तन तथा पाठेघरको क्यान्सर परीक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख कोइरालाले महिलाहरुले छोराछोरी, श्रीमान लगायत घरपरिवारका लागि ध्यान केन्द्रित गर्दा आफूलाई समय नदिएर विभिन्न स्वास्थ्य समस्या आइपर्ने गरेको बताइन् ।

उनले भनिन्, ‘तपाईहरु आफैले आफैलाई माया गर्नुस् । तपाई रहेमात्रै तपाईका लागि परिवार रहन्छ ।

Image may contain: 3 people, people smiling, people standing and indoor

काठमाडौं क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले महिलाहरुलाई रोग लुकाएर नबस्न आग्रह गरे । उनले निर्वाचन क्षेत्रभर स्तन र पाठेघरको क्यान्सर परीक्षण शिविर गरिने बताए ।

वडा नं ३० मै १० वटा शिविर गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । शिविरका लागि नाम लेखाउन घर घरमा स्वयंसेवक खटाउँदा कति महिलाले अप्ठ्यारो मानेको प्रसङ्ग उल्लेख गर्दै सांसद थापाले रोग लुकाएर बस्दा समस्या बल्झिने भन्दै रोगको जतिसक्दो छिटो उपचार गर्नुपर्ने बताए ।

वडाध्यक्ष दलबहादुर कार्कीले जेठ ११ गतेदेखि सुरु गरिएको ‘जीवन बचाउ अभियान’ अन्तरगत महिलाको निःशुल्क क्यान्सर परीक्षण आयोजना गरिएकाले यसको फाइदा उठाउन वडावासीमा आह्वान गरे ।

नेपाल क्यान्सर रिलिफ सोसाइटी र भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गरिएको हो ।

Image may contain: 15 people, people smiling, people standing and indoor

Image may contain: 13 people, people sitting and indoor

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: