मानवसेवा आश्रमको शाखा पाँच नम्बर प्रदेशमा पनि


प्रकाशित मिति :2019-05-26 15:36:35

–महिला खबर–

काठमाडौं । मानवसेवा आश्रम पाँच नम्बर प्रदेश शाखाको औपचारिक उद्घाटन भएको छ । पाँच नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री शुदर्शन बरालले शाखाको उद्घाटन गरेका हुन् ।

पाँच नम्बर प्रदेशभित्र सडकपेटी र सार्वजनिक स्थलमा बेसहारा मान्छे कोही पनि नदेखिउन् भन्नका लागि मानवसेवा आश्रमको अहम् भूमिका रहने बताउँदै मन्त्री बरालले अव आश्रमको स्थायित्वको लागि संस्थाको आफ्नै संरचना निर्माण गर्न सबै जुट्नुपर्ने बताए ।

मन्त्री बरालले ५ नं. प्रदेशभित्र करिब १ वर्ष अगाडिदेखी नै आश्रम सक्रिय रहेको भए पनि आश्रमको सेवा सञ्चालनको लागि जग्गा उपलब्ध गराउन नसकिएकोप्रति दुःख लागेको बताए । मन्त्री बरालले अब सेवा घर निर्माणको लागि आवश्यक जग्गाको वन्दोवस्त गरिदिन स्थानीय निकायको ध्यानाकर्षण गराए ।

कार्यक्रममा बुटवल नगरपालिकाका प्रमुख शिव सुवेदीले मानवीय सेवाको क्षेत्रमा मानवसेवा आश्रमले खेल्दै आइरहेको भूमिकाको प्रशंसा गरे । उनले अब आश्रमले कोही पनि नागरिक सडक जीवन विताउन बाध्य नहुनुपर्ने अवस्थाको सृजना गर्नेतर्फ पनि थप सशक्त भएर लाग्नुपर्ने धारण राखे ।

मानवसेवा आश्रमका परिकल्पनाकार एवं केन्द्रिय संस्थापक अध्यक्ष रामजी अधिकारीले आश्रमले राष्ट्रब्यापीरुपमा गर्दै आइरहेको सेवाहरू र भावी योजना बारे मन्तव्य राखेका थिए ।

२०८२ सालभित्रै नेपाललाई बेसहारारहित राष्ट्र नेपाल निर्माण गर्ने योजना रहेको भए पनि यसलाई जति सकिन्छ नजिक्याउन गृहकार्य भैरहेको अध्यक्ष अधिकारीले बताए ।

उनले भने, “हामी हाम्रै तहबाट सेवा अघि बढाउने हो भने वि.स. २०८२ लाग्न सक्छ । तर सरकारको अभिभावकत्व परिणाम देखिनेगरी रहने हो भने योे एक दुई वर्षभित्रै नेपाल भित्र सडकपेटी र सार्वजनिक स्थलहरूमा कोही पनि भोकै र नाङ्गै रहनु नपर्ने अवस्था सृजना गर्न सकिन्छ ।”

४ सय बढी आश्रमका सुभेच्छुक, सहयोगी, अभिभावक तथा सामाजिक अभियन्ताहरूको उपस्थिती रहेको कार्यक्रममा आश्रमको बालशाखा गोरखामा आश्रय लिइरहेका बालबालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: