थाइल्याण्ड बसेर मानब बेचविखन गरेको आरोपमा पक्राउ


प्रकाशित मिति :2019-05-27 13:32:15

–महिला खबर–

काठमाडौं । थाइल्याण्डमा बसेर मानब बेचविखन तथा ओसारपसार गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार परशुराम गुरुङलाई नेपालमा रहेका सोझा नागरिकलाई थाइल्याण्डमा बसेर ठगी गरेको आरोपमा पक्राउ गरी नेपाल ल्याइएको छ ।

उनले सक्कली नाम लुकाएर पीडितहरुलाई विभिन्न नाम बताउँदै ठगी गर्दै आएका थिए । सीआईबीका अनुसार ३८ वर्षे गुरुङले कमल, पारस, मनोज, किम, अधिराज लगायतका नाम बताएर ठग्दै आएका थिए ।

२४ जना पीडित प्रहरीकोनियन्त्रणमा आइसकेका छन् । गुरुङले प्रयोग गरेका नक्कली कागजात समेत प्रहरीले बरामत गरेको छ । सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारी सम्बन्धि जानकारी पठाएर तथा सामाजिक सञ्जालमा साथी बनाएर आफू क्यानडाको पियार होल्डर बताउँदै अरुलाई पनि क्यानडाको पियार दिलाइदिने झुटो आश्वासन दिने गरेका थिए।

यस्तै अमेरिका ,क्यानडा, फ्रान्स, अष्ट्रेलिया, मकाउ,कोरिया लगायतका देशहरुमा पुर्‍याईदिने र विदेशमा आकर्षक तलब सुबिधा हुने काममा लगाईदिन्छु भनि विभिन्न मुलुकहरूको नक्कली भिषा बनाई प्रलोभनमा पार्ने उनको धन्दा रहेको खुलासा भएको छ ।

पीडितहरुबाट प्रति व्यक्ति ५ लाखदेखि २० लाख रुपैयाँसम्म असुल्दै १३ करोड रुपैयाँ भन्दा बढि ठगेको खुलासा भएको सीआईबीले जनाएको छ।

पीडितहरुबाट प्राप्‍त जानकारी अनुसार निजले प्रयोग गरेको नक्कली कागजातहरु:

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: