संचारसम्बन्धी विधेयक लैंगिकमैत्री बनाउन अभियान


प्रकाशित मिति :2019-05-29 13:57:24

–महिला खबर–

ललितपुर । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले संचारसम्बन्धी विभिन्न विधेयक मस्यौदा लैंगिकमैत्री बनाउन सरोकारवाला पक्षहरुको ध्यानाकर्षण गराउन शुरु गरेको छ ।

सङ्घीय तथा प्रदेश सरकारहरुका संचारसम्बन्धी विधेयक मस्यौदा लैंगिकमैत्री बनाउने ध्यानाकर्षण गर्ने अभियान अन्तरगत मंगलबार नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई महासंघको कार्यकक्षमा भेटेर टिप्पणी तथा सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष अमिका राजथलाले जानकारी दिइन् ।

ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष आचार्यले संचारसम्बन्धी विधेयकहरु लैंगिक दृष्टिकोणबाट समावेशी बनाउनु पर्नेमा महासंघले पनि आवाज उठाउने प्रतिवद्धता गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई ज्ञापन पत्र बुझाउँदै डब्लूडब्लूजेका अध्यक्ष अमिका राजथला ।

नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवं संचार र सूचनाको हक सुनिश्चित गरी आमसञ्चार क्षेत्रलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी, मर्यादित र व्यावसायिक बनाई समानुपातिक समावेशी लोकतन्त्रको सुदृढीकरण गर्न नेपाल सरकारले ल्याएका आमसञ्चारसम्बन्धी विभिन्न विधेयकहरुलाई संविधानको मर्म र भावनाअनुरुप समानुपातिक समावेशी लोकतन्त्र प्रत्याभूत हुने गरी नभएको भन्दै (डब्लुडब्लुजे)ले संघीय तथा प्रदेश सरकारहरुले बनाएका विधयेक मस्यौदाको विश्लेषण गरी टिप्पणी तथा सुझाव तयार गरेको हो ।

डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले बन्दै गरेका संचारसम्बन्धी विधेयकहरु समावेशी नभएकोले विधेयकहरु संशोधन गरेर मात्र अगाडि बढाइनुपर्ने बताइन् । नीति निर्माण तहमा पत्रकार महिला पु¥याउनु पर्ने संस्थाको उद्देश्य तथा नेपालको संविधानले पनि सरकारका हरेक निकायमा न्यूनतम ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको अवस्थामा अधिकांश संचारसम्बन्धी विधयेकले सो बमोजिम महिला सहभागिताको कुरा नउठाएको उनले बताइन् ।

संस्थाले अध्ययन गरी तयार पारेका टिप्पणी तथा सुझावसहितका विधेयकहरुमा नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५, विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश २ – एकीकृत सञ्चार विधेयक– २०७५, प्रदेश ३– सूचनाको हकसम्बन्धी विधेयक तथा गण्डकी प्रदेश– प्रदेश आमसंचार विधेयक रहेका छन् ।

डब्लुडब्लुजेले महिलाभित्र पनि जातिय, क्षेत्रीय, वर्गीय विविधतालाई ध्यान दिंदै लैंगिक दृष्टिकोणबाट संघीय तथा प्रादेशिक आमसञ्चारसम्बन्धी विधेयकमाथिको टिप्पणी तथा सुझाव सम्बन्धित सरोकारवाला सबैको ध्यानाकर्षण गराउने जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: