दक्षिण अफ्रिकाको मन्त्रीमण्डलमा ५० प्रतिशत महिला


प्रकाशित मिति :2019-06-02 10:49:44

दक्षिण अफ्रिकामा पहिलो पटक नयाँ मन्त्रीमण्डलमा ५० प्रतिशत महिला सहभागीता गराइएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले रामाफेसाले अघिल्लो पटकको ३६ सदस्यीय मन्त्रीमण्डललाई घटाएर २८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । मन्त्रीमण्डलमा ५० प्रतिशत महिला सहभागीता गराइएको छ । जुन दक्षिण अफ्रिकाको इतिहासमै पहिलोपटक हो ।

८ मे मा भएको चुनावमा रामाफोसाको पार्टी अफ्रिकन नेशनल कांग्रेसले चुनाव जितेको थियो ।

फायल फोटो

रामाफोसाले विपक्षी पार्टीकी अनुभवी नेतृ पेट्रिसिया डे लीलीलाई मन्त्रीमण्डलमा समावेश गराएको थियो ।

उनले गुड पार्टीबाट चुनाव जितेकी थिइन् । केपटाउनकी पूर्वमेयरसमेत रहेकी उनलाई पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

दक्षिण अफ्रिकाको नयाँ मन्त्रीमण्डलमा भारतीय मूलका प्रवीण गोर्धन र इब्राहिम पटेल पनि छन् । २८ सदस्यीय मन्त्रीमण्डलमा एक जना विपक्षी पार्टीको मन्त्री समेत छिन् । एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: