हुप्सेकोटमा छुट्टै कक्षा संचालन


प्रकाशित मिति :2019-06-03 12:19:35

–ज्ञानु पंगेनी–

नवलपुर । घण्टौँ हिडेर विद्यालय पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न नवलपुरको हुप्सेकोट गाउँपालिकाले कक्षा छ को छुट्टै संचालन गरेको छ ।

वडा नम्बर पाँचको बसेनीमा रहेको राष्ट्रिय आधारभुत विद्यालय मातहत रहने गरेर विद्यार्थीहरुलाई पायक पर्ने स्थान दुलुङ्गामा ब्यक्तिको घरको एउटा कोठामा कक्षा छ संचालन गरिएको छ । अहिले यहाँ २४ जना विद्यार्थीहरुले अध्ययन गर्छन् ।

राष्ट्रिय आधारभुत विद्यालयका प्रध्यानाअध्यापन टिका वहादुर विकका अनुसार कक्षा छ संचालन भएपछि गएका वर्षहरुमा विद्यालय टाढा भएकै कारण पढाई छाडेकाहरुले पनि अहिले कक्षा छ को पढाईलाई निरन्तता दिएका छन् ।

प्रअ विकका अनुसार कक्षा संचालन भएपछि नाम्जाकोट, वाग्खोर, माथील्लो बसेनी, तल्लो बसेनी, माझथर बसेनी, सटाकून, पैराबास, पारे बसेनी लगायतका गाउँका विद्यार्थीहरुले आफ्नो पढाई निरन्तरता दिन पाएका छन् भने घण्टौं हिडेर विद्यालय पुग्नुपर्ने, नभए विद्यालय नै छाड्न्पर्ने अवस्थाको समेत अन्त्य भएको छ ।

स्थानीय बासिन्दा समेत रहेका विकले विद्यार्थीहरुलाई यसअघि कक्षा पाँच भन्दामाथी पढ्नका लागि तीन घण्टा हिँडेर झ्यासबास पुग्नुपर्ने बाध्यता रहेको बताए । जसले गर्दा धेरैजसो विद्यार्थीहरुले पढाई नै छाड्थे । आर्थिक अवस्था केही राम्रो भएका अभिभावकहरुले भाडामा राखेर पढाउँथे भने केहिले आफन्तकोमा राखेर पढाउने ।

गाउँमै कक्षा संचालन भएपछि अभिभावकहरुमा ठूलो खुसी छाएको छ । दुलुङ्गा निवासी स्थानीय अभिभावक आईतसिंह रजालीका कान्छा छोरा पनि अहिले यहा कक्षा छ मा पढ्छन् । उनी १० वर्षका छन् । रजालीले एउटा छोरा र एउटी छोरीलाई झ््यालवासमा भाडामा राखेर पढाएका थिए । उनी भन्छन्, ‘मैले दुई छोराछोरीलाई धेरै दुःखले पढाएँ । छ कक्षामा पढ्ने छोराछोरी कलिलै थिए । आफै पकाएर खाएर खान नजान्ने, कपडा धुन नजान्ने, सरसफाई गर्न नजान्ने, गाउँमा बसिरहेका सुरुमा त ग्यास बाल्न पनि नजानेर धेरै समस्या भयो । आफैले बसेर सबै सिकाउनुपरयो ।’ रजालीले अहिले कान्छो छोरो आफ्नै काखमा बसेर पढ्न पाएपछि खुसी व्यक्त गरे ।

गाउँपालिकाले कम्तीमा पनि कक्षा आठसम्म संचालन गर्ने योजना अनुसार यस वर्षबाट कक्षा छ संचालन गरेको हो ।

बैशाख १२ गतेबाट यहाँ कक्षा संचालन गरिए पनि अहिले शिक्षकको दरबन्दी नहुँदा दुई जना शिक्षकले मात्रै पढाइरहेका छन् । अहिले कक्षा शिक्षण मात्रै गरिएको प्रध्यानाअध्यापक विकले बताए ।

यहा अर्का शिक्षक उर्मिला दर्लामी मगरले पढाउँछिन् । राष्ट्रिय आधारभुत विद्यालय दुलुङ्गाबाट हिँडेर आधार घण्टाको दुरीमा छ । जसले गर्दा एक दिनमा एक जना शिक्षकले सबै विषय पढाउने गरेको उनले सुनाईन् ।

विद्यालय नजिक नहुदा विद्यार्थीहरुले पढाईबाट नै बञ्चित हुनुपर्ने अवस्था रहेकाले गाउँपालिकाले आफ्नो अधिकारको प्रयोग गरी कक्षा छ संचालन गरेको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताईन् ।

दुलुङ्गा धेरै गाउँको केन्द्र विन्दुरमा पर्ने भएकाले अहिले कक्षा छ संचालन गरिएको र यहाँ समयाअनुकूल कक्षा आठ र १० सम्मै संचालन गर्ने योजना रहेको पाण्डेले बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: