–महिला खबर–
नवलपुर । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा नवलपुर प्रहरीले एक बाबुलाई पक्राउ गरेको छ ।
१३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले कावासोतीबाट ४५ वर्षीय बुबालाई पक्राउ गरेको हो ।
छोरीलाई बलात्कार गरेको मौखिक उजुरीको आधारमा आरोपित बुबालाई पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । लिखित उजुरीको लागि पीडित बालिकासहित आमा र वडा अध्यक्षलाई समेत वडा कार्यालय बोलाएको प्रहरी निरीक्षक अधिकारीले बताए । घटनाका बारेमा थप अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए ।
बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षणको लागि भरतपुर लगिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
Comment Here!