आफ्नै छोरीलाई खुर्पा प्रहार गर्ने पक्राउ


प्रकाशित मिति :2019-06-04 16:09:18

–महिला खबर–

धादिङ । निलकण्ठ नगरपालिका–१४ आमबोटे बस्ने ४५ वर्षीय बलराम ओस्तीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै १९ वर्षीया छोरी सुनिता ओस्तीलाई धारिलो हतियार खुर्पा प्रहार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनले छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुंवाकोटबाट खटिएको प्रहरीले बलरामलाई पक्राउ गरिएको हो ।

घाइते सुनितालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पालेबन लगिएकोमा थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं रिफर गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: