दृष्टिविहीन विद्यार्थीलाई लुगा धुने मेसिन


प्रकाशित मिति :2019-06-06 12:16:54

पाँचथर । पाँचथरको गढी माध्यमिक विद्यालयका आवासीय दृष्टिविहीन विद्यार्थीलाई एक थान कपडा धुने वासिङ मेसिन प्रदान गरीएको छ ।
सदरमुकाम फिदिम नगरपालिका–४ मा रहेको विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई प्रवासमा रहेका नेपाली दम्पती पदमबहादुर राई र उनकी श्रीमती शुभलक्ष्मी राईले ३० हजार रुपैँया बराबरको वासिङ मेसीन बुधवार एक कार्यक्रमका बीच प्रदान गरेका हुन् ।

हेल्प टू हेल्प नामक संस्थामार्फत संस्थाका संयोजक मुकुम नेम्बाङको अग्रसरतामा राई दम्पतीले वासिङ मेसीन सहयोग गरेका हुन् । बिर्तामोड नगरपालिका–५, स्थाई घर भएका राई दम्पती हाल बेलायतमा अस्थाई रुपमा बसोबास गर्दै आएका छन् ।

सामग्री प्रदान गर्दै संयोजक मुकुम नेम्बाङले संस्थामार्फत धेरै सहयोगी मनहरुले सहयोग गरेको बताए ।

राई दम्पतीले केही समय अगाडि याङवरक गाउँपालिकाको फलैँचाका रमेश वेघालाई समेत आर्थिक सहयोग गरेको बताए । बेघाको लडेर कम्मरदेखि मुनिको भाग नचल्ने भएको कुरा युवटुवमा देखेपछि राई दम्पतीले आर्थीक सहयोग गरेको नेम्बाङले बताए ।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र लावती, हेल्प टू हेल्प संस्थाका सदस्य बुद्धराज इङ्वा, विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष दिलकुमारी तुम्बापो, प्र.अ. मानध्वज थाम्सुहाङ लगायतको उपस्थिति थियो ।

पाँचथरमा दृष्टि विहीनहरुले अध्ययन गर्ने एकमात्र विद्यालयमा सहयोगी मनहरुले विद्यार्थीहरुको लागि उपयोगी विभिन्न शैक्षिक तथा आवश्यकीय सामाग्रीहरु हस्तान्तरण गर्ने गरेका छन् ।

विद्यालयमा पाँचथर ताप्लेजुङ र तेह्रथुमका ९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: