यौनिक तथा लैंगिक अल्पसंख्यकले भने, ‘हामीलाई स्वीकार गरिएन


प्रकाशित मिति :2019-06-06 14:08:00

रुपन्देही । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले परिवार र समाजले पहिचान स्वीकार नगरीदिँदा समस्या झेल्नुपरेको गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले बुटवलमा आयोजना गरेको ‘यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले तेस्रोलिंगी भएकै कारण परिवार र समाजबाट तिरस्कृत हुनुपरेको गुनासो गरेका हुन् ।

सरकारी निकाय, विभिन्न संघसंस्था, अस्पताल तथा सार्वजनिक यातायात जहाँ जाँदा पनि महिला र पुरुषमात्रै उल्लेख गरिएको हुन्छ । तर हामी कहाँ जाने ? उनीहरुको प्रश्न छ । उनीहरुले तेस्रोलिंगी भएकै कारण आफूहरु परिवारबाट निकालिएको गुनासो गरे ।

नील हिरा समाज रुपन्देहीकी अध्यक्ष आनिक रानाले तेस्रोलिंगी समुदायको पहिचान स्वीकार गर्ने वातावरण बनाउन सरोकारवालालाई आग्रह गरिन् । हरेक व्यक्तिले सम्मानजनक जीवन जिउन पाउने अधिकारको हनन भए आयोगमा उजुरी दिन यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ५ का प्रमुख सम्झना शर्माको सुझाव छ ।

‘मानिसको पहिलो पाठशाला परिवार हो, जहाँबाट सिकाइ शुरु हुन्छ यदि शिक्षा, स्वास्थ्य र पारिवारिक मायाबाट वञ्चित भएपछि व्यक्ति सडकमा आउन बाध्य हुन्छ, त्यसैले परिवारबाटै उपयुक्त वातावरण तयार हुनुपर्छ शर्माको भनाई छ । आयोगका उपनिर्देशक पवनकुमार भट्टले कुनै पनि व्यक्तिले विनाभेदभाव जिउन पाउने अधिकार भए पनि व्यावहारिक कार्यान्वयन हुन नसक्दा समस्या भएको उल्लेख गर्दै ऐन कानून फेरिए, व्यवस्था फेरियो तर व्यवहार फेरिएन भने ।

अधिवक्ता बाबुराम पाण्डे, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष डिपी खनाल, गैरसरकारी संस्था महासङ्घ रुपन्देहीका अध्यक्ष रिमा विसी लगायतले तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण बदल्न समाजमा व्यापक सचेतना फैलाउनुपर्नेमा जोड दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: