कैलाली र कञ्चनपुरमा हावाहुरीले २ को मृत्यु, ९९ घाइते


प्रकाशित मिति :2019-06-07 11:03:16

–महिला खबर–

काठमाडौं । कैलाली र कचनपुरमा हावाहुरी र चट्यांगमा परी बिहीबार दुई जनाको मृत्यु भएको छ भने ९९ घाइते भएका छन् ।

कैलालीको टिकापुर नगरपालिका–२, राजीपुरमा कुखुराको खोर भत्किँदा च्यापिएर ४७ वर्षीया लाहानु चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

यस्तै कैलालीको गोेदावरी नगरपालिका–८ मा हावाहुरीका कारण विरवहादुर चौधरीको मृत्यु भएको छ ।

यसैबीच, शुक्रवार बिहानै सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठक बसेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बिहान प्रदेश सुरक्षा समितिको बैठक बसेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले घाइतेको उपचार तथा राहत वितरणको कार्य गरिने जनाए । साथै घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय समेत भएको मन्त्री शाहले जानकारी दिए ।

मन्त्री प्रकाश शाहका अनुसार हालसम्म २ जनाको मृत्यु भएको छ भने कैलालीमा ७६ जना र कञ्चनपुरमा २३ जना घाइते भएका छन् । घाइतेमध्ये ६६ जना उपचारपछि घर फर्केका छन् भने १० जना उपचाररत छन् ।

२ जनालाई उपचारको लागि भारत रेफर गरिएको छ भने बाँकी घाइतेको उपचार कैलाली र कञ्चनपुर जिल्लास्थित विभिन्न अस्पतालमा भइरहेको मन्त्री शाहले जानकारी दिए ।

यस्तै विनाशकारी आँधीहुरीले प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला प्रभावित बनेकोप्रति दुुःख व्यक्त गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रभावितको उद्धार, उपचार र राहत वितरण तथा अवरुद्ध सेवा सुचारु गर्न सबै निकायलाई निर्देशन दिइसकेको बताएका छन् ।

बिहीवार रातिदेखि नै सबै निकाय अलर्ट भई उद्धारको कार्यमा लागेको बताउँदै उनले अवरुद्ध सडक खोल्ने, विद्युत् सेवा सुचारु गर्न पनि सम्बन्धित निकाय लागिसकेको मुख्यमन्त्री भट्टले बताए । उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने समेत बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: