जनप्रतिनिधि महिला सदस्यद्वारा वृद्धा महिला कुटिइन्


प्रकाशित मिति :2019-06-07 11:59:27

लेखनाथ खतिवडा/महिला खबर

पाँचथर । सुन्दा पनि लाजमर्दो । महिलाका पीर मर्का सुनेर समस्या समाधान गर्नुपर्ने ओहदामा बसेकी महिलाबाट नै महिलामाथि हिंसा हुन्छ भने आवाजविहीन अवस्थाका महिलाहरुले कोबाट आस गर्नु ? पाँचथरमा जनप्रतिनिधि महिलाद्वारा सर्वसाधारण वृद्धा महिला नै कुटिएपछि जिल्लामा यो विषयले नराम्रो चर्चा पाएको छ ।

पाँचथरस्थित फिदिम नगरपालिका १४ लुङरुपामा दलित महिला सदस्य तेजमाया विक राईले यसै साताको मंगलबार सोही ठाउँकी ६० वर्षिया वृद्धा लक्ष्मीमाया विकलाई कुटपिट गरेकी हुन् ।

दलित महिला सदस्य तेजमायाविरुद्ध कुटपिट र अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी गरिएको छोरा प्रकाश बिकले महिला खबरलाई बताए ।

कुटपिटबाट घाइते भएकी विकलाई पाँचथर अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । कुटपिट र लछारपछारबाट उनको ढाड र शरीरका विभिन्न भागमा चोटपटक लागेको छोरा प्रकाशको भनाइ छ ।

आफू निर्वाचित प्रतिनिधि भएकोले मान्छे कुट्ने अधिकार पनि पाएको भन्दै मंगलवार बिहान तेजमायाले आफूलाई कुटपिट गर्नुका साथै अभद्र व्यवहार गरेको घाइते लक्ष्मीमायाले बताईन् ।

घर लिपपोत गर्ने माटो खनिएको सामान्य विषयमा विवाद हुँदा महिला सदस्यले लक्ष्मीमायालाई कुटपिट गरेको स्थानीयले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: