सहकारीको चर्को व्याजलाई नियन्त्रण गर्नुपर्छः मन्त्री अर्याल


प्रकाशित मिति :2019-06-08 17:50:04

पोखरा । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी जनताको संस्था हुँदा हुँदै पनि पनि चर्को व्याज लगाएको गुनासो आएको बताएकी छन् ।

सहकारी विभागले आयोजना गरेको प्रदेश तथा स्थानीयतहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रर्वद्धन कार्यशालाको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारीले चर्को व्याज लगाएको सुनेको बताउदै जनताको सिधा पहुँच रहेका सहकारीले चर्को व्याज लिन नहुने बताइन् ।

सदस्यले धान्न नसक्ने ब्याजदर सहकारीले लगाउन नहुने उनको भनाइ थियो । ‘सहकारीमा अधिकांस न्युन आय भएका शेयर सदस्य रहेका छन् । शेयर सदस्यले धान्न नसक्ने व्याजदर निर्धारण गर्नु भएन’, मन्त्री अर्यालले भनिन् ।

मन्त्री अर्यालले ग्रामिण तथा विपन्न वर्गको पहुँच र्पुयाउने गरी कार्यक्षेत्र विस्तार गर्न सहकारीहरुलाई सुझाव समेत दिनुभयो। स्थानीय समुदाय र महिलाको उद्यमशिलताको विकासमा ध्यान दिन मन्त्री अर्यालले अनुरोध गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: