श्रीमतीलाई इँट्टा प्रहार गरी हत्या गर्ने पक्राउ


प्रकाशित मिति :2019-06-10 12:12:40

कपिलवस्तु । श्रीमतीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका–१ बुङ्ची बस्ने ४९ वर्षीय अगमान चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अगमानले ३९ वर्षीया श्रीमती गीता चौधरीको हत्या गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

मादक पदार्थ सेवन गरेका अगमानले सामान्य बिवादका कारण गीतालाई इँट्टा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते गीताको प्रादेशिक लुम्बिनी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: