बलात्कार मुद्दामा पुर्पक्षका लागि वडा सदस्य जेल चलान


प्रकाशित मिति :2019-06-11 11:16:58

–एसबी जेरो–

ओखलढुंगा । बलात्कार आरोपमा पक्राउ परेका ओखलढुंगाका एक वडा सदस्य जेल चलान भएका छन् । लिखु गाउँपालिका–३ का वडा सदस्य विष्णु श्रेष्ठलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएसँगै उनी जेल चलान भएका हुन् ।

अदालतको आदेशसँगै वडा सदस्य श्रेष्ठलाई कारागार पठाईएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । वडा सदस्य श्रेष्ठ विरुद्ध परेको मुद्दाको विषयमा अनुसन्धान सकिएपछि पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरी प्रमुख मल्लले बताए ।

अब अदालतले उनलाई के कति सजाय दिने भन्नेबारे फैसला गर्न बाँकी छ ।

वडा सदस्य श्रेष्ठ आफैले नर्मदेश्वरमा सञ्चालन गरेको ईटा कारखानामा काम गर्ने एक कामदार युवतीलाई कारखानामै गत चैत ७ गते बलात्कार गरेको भन्दै चैत ९ गते उजुरी परेको थियो । पीडित युवती आफैंले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा पुगेर उजुरी दिएकी थिइन् ।

बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ चैत ७ गतेदेखि नै आफूले प्रयोग गर्ने फोन बन्द गरेर सम्पर्कविहीन भएका थिए । त्यसको २ महिनापछि प्रहरीले सदरमुकाम आउँदै गर्दा हर्कपुरबाट उनलाई पक्राउ गरेको थियो ।

श्रेष्ठ स्थानीय निर्वाचनमा नेकपाबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: