नेपालकी बोनिताले जितिन्, ‘लिड २०३० च्यालेन्ज’


प्रकाशित मिति :2019-06-11 14:42:19

–महिला खबर–

ललितपुर । नेपालकी बोनिता शर्मा ‘लिड २०३० च्यालेन्ज’को बिजेता घोषित भएकी छिन् । कुपोषण र भोकमरी अन्त्य गर्ने उद्देश्यका साथ तीन युवाको साथमा सोसल चेन्ज मेकर्स एण्ड इनोभेटर्स (सोचाई) को सुरुआत गरेकी उनले ५० हजार अमेरिकी डलर पुरस्कार पाउनेछिन् ।

दिगो विकास लक्ष्य प्राप्तिको लागि ‘वान योङ्ग वल्र्ड’ ले विश्व प्रतिष्ठित ब्राण्डहरुसँगको सहकार्यमा लिड २०३० प्रतियोगिताको आयोजना गरेको थियो । यसका लागि विश्वभरिका युवाद्वारा दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कार्यहरुको खोजी गरिएको थियो ।

नविनतम सिर्जना, शिक्षा र सामाजिक व्यवसायमार्फत पोषण र स्वास्थ्य सुधारमा केन्द्रित रहेको सोचाइले दिगो विकास लक्ष्य नं २ को ‘भोकमरीको अन्त्य’ अन्तर्गत एक सय देशबाट आएका एकहजार दुईसय प्रतिस्पर्धीलाई उछिन्दै च्यालेन्ज पार्टनर आरबी गु्रपबाट ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । यो पुरस्कार संगसंगै सोचाईले आरबी गु्रपबाट एक वर्षसम्मको मेन्टोरिङ पनि पाउनेछ ।

पोषण, सरसफाई तथा यस सम्बन्धि जानकारीको अभावले गाउँ–समाजमा निम्त्याएका गम्भीर समस्या समाधान गर्ने दृढ उद्देश्यका साथ अघि बढिरहेको सोचाईले पोषण माला तथा महिनावारी माला जस्ता नयाँ सिर्जनाहरु गर्दै आमा, शिशु, किशोर किशोरी, महिला स्वास्थ्य स्वयमसेविकाहरु तथा समुदाय लक्षित कार्यक्रमहरु गर्दै आइरहेको छ ।

काठमाडौंमै जन्मे हुर्केकी २७ वर्षीया बोनिता आमा लक्ष्मी न्यौपाने र बुबा कृष्ण मुरारी भण्डारीकी पहिलो सन्तान हुन् ।

२० वर्षको उमेरदेखि नै सामाजिक मुद्दामा क्रियाशील बोनिताले यसअघि पनि एसिया प्यासिफिक इनोभेसन अवार्ड २०१६ जितिसकेकी छिन् । उक्त पुरस्कारको राशी पाँच हजार अमेरिकी डलरको रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: