शौचालयको ट्यांकीमा खसेर चार बालबालिकाको मृत्यु


प्रकाशित मिति :2019-06-12 11:22:27

कमला दयाल

बैतडी । विद्यालयको शौचालयको ट्यांकी खसेर दार्चुलामा चार बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार विद्यालयमा खेलिरहेका बालबालिका निर्माणाधिन फिल्डको किनारमा जाँदा शौचालयमा खसेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा कक्षा २ मा अध्ययनरत ६ वर्षीया निरुता ठगुन्ना, कक्षा २ मा अध्ययनरत १० वर्षीया अनुष्का धामी, कक्षा ४ मा अध्ययनरत १० वर्षीय सुदिश धामी र शिशु कक्षामा अध्ययनरत ५ वर्षीया युनिका ठगुन्ना रहेका छन् ।

विद्यालयको निर्माणाधिन फिल्डको माटोले शौचालयको ट्यांकी भाँच्चिदा माटोमाथि खेल्दै गरेका बालबालिका शौचालयमा खसेको स्थानीय जगत ठगुन्नाले बताए ।

विद्यालयमा संसद विकास कोषको २० लाख रुपैयाँ अनुदानमा फिल्ड निर्माणको काम चलिरहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र महराले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: