एउटै वडामा १ सय ३८ जना बालबालिका कुपोषित


प्रकाशित मिति :2019-06-13 15:36:00

ललितपुर । दाङको एउटै वडामा १ सय ३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १ सय ३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो ।

स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीका अनुसार तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा आएका छैनन् ।

केसीका अनुसार ४७ जनामध्ये १३ जना निको भए । २२ जनाले उपचार गर्दा गर्दै आउन छोडे । ७ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा पठाइयो । ५ जनाले औषधि खाइरहेका छन् ।

नेपालमा यस्तो छ कुपोषणको अवस्था

स्वास्थ्य महाशाखा तुलसीपुरका अनुसार २०७४ साल चैत ७ गतेदेखि २०७६ जेठ २७ गतेसम्मको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा कूल ६ हजार ९ सय ८ जना बालबालिका छन् ।

एघार वटा वडाको केन्द्र टरिगाउँ केन्द्रमा अझै ९१ जना कुपोषित बालबालिका सम्पर्कमा आएका छैनन् । बाँकी आठ वटा वडाको केन्द्र मानपुरमा पनि कुपोषित बालबालिका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले कुपोषित बालबालिकाको यो संख्या चिन्ताजनक भएको बताइन् । ‘ एउटै वडामा देखिएको कुपोषणको यो समस्या निकै चिन्ताजनक विषय हो’ उनले भनिन् ।

कुपोषणमा लागेका बालबालिकाहरु सम्पर्कमा नआउनुका कारण अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: