शीतलका हत्यारालाई थुनामा राख्न आदेश


प्रकाशित मिति :2019-06-14 11:38:30

पाँचथर । पाँचथर जिल्ला अदालतले १५ वर्षीया किशोरीको हत्यामा संलग्नहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश मनोजकुमार केसीको इजलासले पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

गएको वैशाख २९ गते योङहाङको घाँटी रेटेर हत्या गर्ने कार्यमा संलग्न रहेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ का पदम गोले तामाङ, भगीरथ बाँस्तोला र कर्ण तामाङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको पाँचथर जिल्ला अदालतले जनाएको छ ।

प्रत्यक्ष संलग्न नभए पनि पदम र भगीरथलाई पदमकै काका कर्ण तामाङले हत्यामा सहयोग पु¥याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत आइतबारदेखि जिल्ला अदालतमा चलेको बयान सकिएसँगै अदालतले बिहीबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । पाँचथर प्रहरीका अनुसार उनीहरुलाई बिहीबार नै पाँचथर कारागार चलान गरिएको छ ।

हिलिहाङ गाउँपालिका–४ स्थित सिद्ध माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत योङहाङको उनका पूर्वप्रेमी पदम तामाङले बाँस्तोलाको सहयोगमा घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

तामाङसँग मोबाइलसेट र सीमकार्ड साटेकी योङहाङलाई उक्त सामग्री फिर्ता गर्न एकान्तमा बोलाई उनीहरुले हत्या गरेका थिए । आफूबाट टाढिएर अर्कै केटासँग कुरा गर्न थालेको आशङ्कामा तामाङले शीतलको हत्या गरेको स्वीकार गरेको पाँचथर प्रहरीको भनाइ छ ।

हत्यामा संलग्न बाँस्तोला वैशाख ३० गते फिदिमबाट पक्राउ परेका थिए । हत्यामा सहयोग पु¥याउने कर्ण घटना भएको नौ दिनपछि फिदिमबाटै पक्राउ परेका थिए ।

कर्णले हत्यामा संलग्न भएका दुई जनालाई गाडी भाडा दिएर सहयोग गरेको प्रहरीले अदालतमा पेश गरेको अभियोगपत्रमा उल्लेख छ । हत्याका मुख्य योजनाकार पदम भने २१ दिनसम्म फरार रहेका थिए । उनलाई प्रहरीले जेठ १८ गते झापाको दमकबाट पक्राउ गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: