वृद्धालाई बोक्सी आरोप लगाउने ‘स्वघोषित’ माता पक्राउ


प्रकाशित मिति :2019-06-15 15:44:50

विष्णुप्रसाद पोखरेल

झापा । ठूलो दबाब पश्चात आफूलाई माता बताउने झापाकी एक महिला पक्राउ परेकी छन् । झापा मेचीनगर नगरपालिकास्थित धुलाबारीकी एक बृद्धालाई बोक्सीको आरोप लगाएर अपमान गर्ने उनी पक्राउ परेकी हुन् । स्थानीयका अनुसार उनले ८१ वर्षीया बृद्धालाई बोक्सीको आरोप लगाएर सामाजिक रुपमा प्रताडित गरेकी थिइन् ।

माता विरुद्ध प्रहरीले शुरुमा उजुरी लिन नमानेपछि यो बिषय बाहिर आएको थियो । वृद्धाका परिवारले आफूलाई माता बताउने मेचीनगर ९ बस्ने पबित्रा शिवाकोटी विरुद्ध उजुरी गरेपछि अहिले उनी पक्राउ परेको बताईएको छ ।

माता भनिने पबित्रा शिवाकोटी

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्र श्रेष्ठका अनुसार माता विरु निवेदन परेपछि फरार रहेकी माता भनिने शिवाकोटीलाई पक्राउ गरिएको हो । ‘माता विरुद्ध कानूनी कार्वाही शुरु गरेका छौ, श्रेष्ठले भने ।’

गाउँकै एक महिला शिवाकोटीकोमा उपचारका लागि भनेर गएकी थिइन् । उनलाइ समेत चरम यातना दिएको पाईएको प्रहरीको भनाइ छ । बोक्सी लागेको भनेर बिरामी महिलामाथि पनि निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ ।

स्वघोषित माता शिवाकोटीले बिरामीलाई बकाउने गरेको भिडियो सार्वजनिक भएसंगै यसले स्थानीमा तंरग ल्याएको थियो । चक्कु, त्रिशुल, चम्मरले हिर्काउने, कपाल भुत्ल्याउने जस्ता कार्य गरेको भिडियो प्राप्त गरेपछि प्रहरीले अनुसन्धान शुरु गरेको बताएको छ ।

‘बोक्सी’ आरोप लगाउनेलाई यस्ताे छ सजाय

वडा कार्यालय भने यो घटना मिलाउने प्रयास भएको समेत खुलासा भएको छ । माता बताउने शिवाकोटीलाई माफी मगाउन खोज्दा अटेर गरेकाले यो विषय प्रहरीसम्म आएको पनि थाहा भएको छ ।

बोक्सी आरोप सम्बन्धी कसुर गर्ने व्यक्तिलाई कसुर हेरि ६ महिनादेखि दुई वर्षसम्म कैद वा पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म जरिवाना न्यूनतम र अधिकतम पाँच वर्षदेखि आठ वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: