‘सानै छुँ म बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ अभियान संचालन हुने


प्रकाशित मिति :2019-06-17 10:58:51

ललितपुर । सुदूरपश्चिम प्रदेश सरकारले ‘सानै छुँ म बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ अभियान सञ्चालन गर्ने भएको छ । बाल विवाह अन्त्य गर्ने उद्देश्यसहित प्रदेश सरकारले हिजो आइतबार ल्याएको आगमी आर्थिक वर्षको बजेटमा उक्त अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।

सरकारले प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी, सामाजिक संघ संस्था, आमा समूह, बाल क्लब समेतको संलग्नतामा अभियान सञ्चालन गरिने जनाएको छ ।

नमूनाको रुपमा बाजुरा र दार्चुला जिल्लाबाट अभियान सुरु गरिने बजेट वक्तव्यमा उल्लेख छ । अभियानका लागि आवश्यक बजेटको व्यवस्था गरिएको अर्थमन्त्री झपट बहादुर बोहोराले जनाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: